पौडेल बन्धुहरुको कुलपूजा र पौडेल सेवा समाजको पाँचौ साधारण सभा

0


गैँडाकोट । नवलपुरको गैँडाकोट नारायणी किनारमा पौडेल बन्धुहरुले आइतबार आफ्ना कुल देवता बराह भगवानको पूजा आराधना गरेका छन् । बर्दघाट सुस्ता पूर्व र पश्चिम जिल्ला, चितवन, तनहुँ, रुपन्देही लगायतका क्षेत्रबाट पाँच सय भन्दा बढी पौडेल बन्धुहरुको सहभागिता रहेको थियो । यस्तै पौडेल सेवा समाज गैँडाकोट १ को पाचौँ साधारण सभा पनि सोही कार्यक्रमका बीच गरिएको छ । नारायणी नदि किनारमा सामुहिक सत्संग भवन तथा अतिथि विश्राम गृह निर्माण गरिरहेको पौडेल सेवा समाजले साधारण सभामा आर्थिक वर्ष २०७३÷७४ मा कबि ७ लाख ६८ हजार ५ सय २५ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । अघिल्लो वर्षकै बचत १२ लाख ७१ हजार रहेको छ । संस्थाका कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले २०७४ असार महिना यता मात्रै १५ लाख बराबरको आयव्यय भएको जानकारी दिनुभयो । सामुहिक सत्संग भवन तथा अतिथि विश्राम गृह निर्माणका लागि विभिन्न तह र तप्कामा आवश्यक सहयोग निर्माणका लागि विभिन्न कार्यक्रम अघि सारिने संस्थाका सचिव जगन्नाथ उपाध्यायले बताउनुभएको छ । सत्संग भवनको दुई तला ढलान गरिएको यसका लागि यसै आर्थिक वर्षमा नगरपालिकाबाट करिब डेढ लाख सहयोग प्राप्त भएको उपाध्ययाले बताउनुभयो । यसैगरी सत्संग भवन निर्माणका लागि पौडेल बन्धुहरुले आठ लाख २६ हजार संकलन गरेका छन् । ज्याला, सामाग्री, नगद सापटी गरेर संस्थाले १० लाख २३ हजार तिर्न बाँकी रहेको समेत सचिव उपाध्यायले जानकारी दिनुभएको छ । कुल पूजा तथा साधारणसभाको कार्यक्रममा ८० वर्ष नाघेका नौ जना बृद्धबृद्धालाई सम्मान गर्नुका साथै विभिन्न विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संरक्षक लक्ष्मीप्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रमको अतिथिहरुमा गैँडाकोट वाड नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, धनवहादुर थापा, ईश्वरीप्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा आर्थिक समिति संयोजक धर्मानन्द पौडेल, सल्लाहकार संयोजक देवराज पौडेलले मन्तव्य तथा उपाध्यक्ष लालमणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । साधरण सभा पौडेल सेवा समाजका अध्यक्ष दण्डपाणी पौडेलको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply