पोखरा–भरतपुर–भैरहवा हवाई उडान सुरु

0


पोखरा, ३० भदौ । बुद्ध एयरले शुक्रबारदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरु गरेको छ । कम्पनीले शुक्रबार बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । १९ सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो । पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीनहजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार दुई सय रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । यी उडान शुक्रबारदेखि नियमित हुने बरालले जानकारी दिनुभयो । रासस

Share.

Leave A Reply