पोखरा प्रदर्शनी केन्द्रबाट स्वर्गीय रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली

0
 फागुन १७, २०७५ शुक्रबार

हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पाेखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीकाे शव प्रदर्शनी केन्द्रमा राखिएकाे छ ।

अधिकारीको शव शुक्रबार दिउँसो ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ ।

श्रद्धाञ्जलीका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल, नेकपा नेता वामदेव गाैतम, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पाेखरामा हुनुहुन्छ ।

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ ।

Share.

Leave A Reply