पैसा कमाउनको लागि मात्रै डाक्टरहरुले काम गर्न नहुने ः महामन्त्री डा. कोईराला

0

नवलपुर

नेपाली कांग्रेसका महामन्त्री डा. शशांख कोईरालाले पैसा कमाउनको लागि मात्रै डाक्टरहरुले काम गर्न नहुने बताउनुभएको छ । शुक्रवार नेपाल बाल संगठन नवलपुरले बुलिङ्गटार ५ भदौरेमा गरेको मुटुरोग सम्बन्धी निशुल्क परिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसक महामन्त्री डा. कोईरालाले चिकित्सकहरु पैसा मुखी नभई समय समयमा गाउघरहरुमा पनि शिविर संचालन देखि गरिव जनताको सेवामा पनि लाग्नुपर्नेमा जोडदिनुभयो ।

आफुले पनि मेडिकल कलेजमा काम गर्दा देशभरका विभिन्न स्थानमा क्याप्प गरी रिपोट तयार पारेको स्मरण गर्दै महामन्त्री डा. कोईरालाले भन्नुभयो “ चिकित्सकहरुको अनुभव र अनुसन्धानले स्वास्थ्य क्षेत्रको राष्ट्रिय निति निमार्णमा महत्वपुर्ण भुमिका खेल्छ ।” आफुले २० वर्ष मेडिकल कलेज पढाएर राम्रो डाक्टर बनाए पनि विवेशशिल डाक्टर बनाउन नसकेको बताउदै महामन्त्री कोईरालाले ६ वर्ष देखि १६ वर्षसम्मका बालवालिकाहरुलाई घरपरिवार र विद्यालय बाट उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालवालिकाहरुमा भोलिको राष्ट्रको भविष्य निर्भर भएको भन्दै महामन्त्री कोईरालाले भन्नुभयो समृद्ध नेपाल निमार्णको लागि सबैले स्वास्थ्य, शिक्षा र बालवालिकाको वृद्धि विकासमा ध्यान दिनु आवश्यक छ ।

पहाडी क्षेत्रका बालवालिकाहरु विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएको र पछिल्लो समय वालवालिकाहरुको मुटुमा समस्या बढ्दै गएको हुदा सहजै रुपमा मुटुको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन र सचेत गराउनको लागि मुटु परिक्षणको कार्यक्रम गरिएको बाल संगठन नवलपुरका अध्यक्ष विष्णु पाण्डेले जनाकारी दिनुभयो ।

जौवारी भदौरेको उदय माध्यमिक विद्यालयमा विद्यार्थी, अभिभावक र स्थानिय गरी करिब १२ सय जनाको इको मेसिन द्धारा मुटुको परिक्षण गरिएको छ ।-National Heart&Lung society Nepal) राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपालका संयोजक रामचन्द्र खत्रीको संयोजनमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा.अमिर खान, र अन्य सहयोगी डाक्टरहरु प्रितम पाण्डे, सुलव सुवेदी र सुरेन्द्र सिग्देलको समुहले मुटुको इको काडियोग्राफी परीक्षण संगै परामर्श समेत दिनुभएको थियो । परिक्षणको क्रममा २ जना वालवालिकाहरुमा मुटुमा प्वाल, (ब्क्म्० एक जनामा डेस्टोकाडिया( दाहिनेमा मुटु) र ३० जनामा मुटुको भल्व सामान्य देखि जटिल अवस्था सम्ममा सागुरिएको र खकुल्लो भएको भेटिएकोे डा.प्रितम पाण्डेले जानकारी दिनुभयो ।

विकासका पूर्वाधारबाट वञ्चित स्थानियहरुले गाउमा नै मुटुको परिक्षण गर्न पाउदा खुसी लागेको स्थानिय बालकुमारी थापाले बताउनुभयो । पहिलो पटक गाउमा नै इको मेसिन प्रयोग गरी स्थानियहरुको मुटु परिक्षण गराउने बाल संगठनप्रति आभार व्यक्त गर्दै वडा अध्यक्ष पूर्णसिंह खण्डलुक मगरले भन्नुभयो भौगोलिक विकटताले गर्दा पनि स्थानियहरु रोग लुकाएर बाच्न बाध्य छन । रोग जटिल नहुदा सम्म अस्पताल नजाने हुदा समयमा उपचारको अभावमा धेरैको ज्यान पनि जाने गर्दछ ।

त्यस्तै नेपाल बाल संगठन नेपालले शिव माध्यमिक विद्यालय बुलिङटार ६ अत्रौलीमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । विद्यार्थीहरुमा स्वस्थ शिक्षाको लागि विद्यालयको बातावरण देखि पोशाकले नि प्रभाव पार्ने हुदा बाल कक्षा देखि ८ कक्षा सम्मका ३ सय ५० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको बाल संगठनका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो ।

Share.

Leave A Reply