पूर्व प्रधानमन्त्री डा.भट्टराइले खोप लगाउदै १६ औँ धान दिवस मनाइयो

0

असार १५। विभिन्न कार्यक्रमगरि मनाइएको १६ औँ धान दिवसका अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खोप लगाएर मनाउनुभयो । किसानहरुसँग सँगै रहेर भट्टराईले धान दिवस मनाउनुभएको हो ।

त्यस्तै मानो रोपेर मुरी उब्जाउने विशेष कार्यक्रम धान दिवसको अवसर पारेर नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमलेपनि  जनताको खेतखेतमा गएर आज प्रत्यक्ष प्रशारण गरेको थियो । यस्तै युग चेतना नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बृहत रुपमा  १६ औं धान दिवस मनाइएको छ । गैंडाकोट १२ मालपुर मटकुरीमा धान दिवशको अवसर पारेर

उक्तm कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले धानखेतीप्रति किसानको आकर्षण बढाउन र धानको उत्पादकत्व र उत्पादनमा वृद्धि गर्न उक्तm कार्यक्रम आवश्यक रहेको बताउनु भयो । साथै उहाँले किशानलाई प्रोत्साहन स्प्वरुप नगरले बिभिन्न कार्यक्रमहरु योजना गरेको बताउनु  भयो ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी कडेंलले वर्षै देखी मनाउदैं आएको धान दिवसले किशानहरुलाई धान रोप्न तथा कृषीमा आत्मनिर्भर तर्फ उत्प्रेरण थप्ने बताउनुभयो । यसैविच राष्ट्रिय धान दिवसको अवसरमा चितवनको दिव्यनगरमा पनि आज विशेष कार्यक्रम गरी मनाइएको छ ।कृषि ज्ञान केन्द्र भरतपुर, भरतपुर महानगर कृषि शाखा र बृहस्पती धानबाली पकेट सञ्चालक समितिले संयुक्तरुपमा महोत्सव मनाएका हुन् । रोपाइ महोत्सवको प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति कृष्णभक्त पोखरेलले यन्त्रबाट धान रोप्दै उद्घाटन गर्नुभयो ।

Share.

Leave A Reply