पूर्ण सरसफाइका लागि गैडाकोट ५ द्धारा प्रति टोलविकाससंस्थालाई १० हजार दिने

0

गैडाकोट, ३ बैशाख । गैडाकोट नगरपालिका भित्रका वडाहरुलाई पूर्ण सरसफाई राख्न घरहरुको निरीक्षण जारी छ । घरको सरसफाईलाई टोलीले निरीक्षण गर्दै हरियो स्टीकर टास्ने गरेका छन् ।

यस्तै गैडाकोट ५ ले सरसफाईलाई निरन्तरता दिन वडाका टोलविकास संस्थाहरुलाई १० हजारका दरले नगद उपलब्ध गराउने भएको छ ।

सरसफाइमा प्रयोग हुने विभिन्न सामग्री खरिदका लागि रकम उपलब्ध गराईने वडा सदस्य एवं नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले जानकारी दिनुभयो ।

गैडाकोट ५ का वडाध्यक्ष नवराज कडेलले बालमैत्री घोषणाका लागि पनि १८ वटा बाल क्लबलाई ५ हजारका दरले रकम उपलब्ध गराउने निर्णय  भएको जानकारी दिनुभयो ।

बालमैत्री सामाग्री खरिदका लागि सो रकम उपलब्ध गराइने भएको हो । वडाले विद्यालयहरुलाई सुचकहरु पुरा गरि विद्यालयहरुलाई बालमैत्री बनाउन आह्वान गरिएको गैडाकोट ५ का वडाध्यक्ष  कडेलले बताउनुभयो । उहाले बालमैत्री वडा बनाउन बिभिन्न कार्यहरु गर्दे आएको पनि जानकारी दिनुभयो ।

Share.

Leave A Reply