पूर्णिमासम्म टिका ग्रहण गर्ने प्रचलन बढ्दैै

0


गैँडाकोट, २ कार्तिक । बडादशैँको टिका तथा जमरा शुक्रबार मान्यजनबाट ग्रहण गरिएको छ । मान्यजनहरुबाट टिका र जमरा थापेर आशिर्वाद लिदैं मनाइएको छ । मध्यनेपाल र पश्चिम क्षेत्रमा पूर्णिमासम्म नै टिका ग्रहण गर्ने प्रचलन बढ्दै गएको छ । यद्यपी पूर्वी क्षेत्रमा भने यो प्रचलन पहिलेदेखिनै रहेको थियो । भौगोलिक रुपमा टाढाटाढा रहेका आफन्तहरुकहाँ एकै दिन पुग्न नसकिने भएपछि यस्तो प्रचलन बढ्दै गएको संस्कृतिविद्हरुको भनाइ छ । धार्मिक विद्हरुका अनुसार घटस्थापना गरिएको घडा पूर्णिमा पछि मात्रै विसर्जन गरिन्छ । यस कारण पूर्णिमासम्म भवानीको प्रसाद स्वरुप टिकाजमरा ग्रहण गर्न सकिने उनिहरुको भनाइ छ ।

Share.

Leave A Reply