पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना, ५ जनाको मृत्यु, ५१ जना घाईते

0

प्रेम क्षेत्री, कार्तिक ४ मध्यविन्दु । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकबाट खसेको हो ।
बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको उहा“ले बताउनुभयो ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मनकामना अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो । सामानय घाईतेहरुलाई पनि अस्पताल पठाईएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी, तम्सरीया, नयाँबेलहानी, अरुणखोलाबाट प्रहरी खटिएका छन् ।

Share.

Leave A Reply