गजलकार डल्लाकोटिद्वारा रचित “गजल सुधा” बिमोचन

0

अजय पौडेल

चितवन


२०५ औं भानुजयन्तिको अवसरमा पुर्बी चितवनमा राप्ती साहित्य समाज चितवनको आयोजनामा गजलकार गिरिराज डल्लाकोटिद्वारा रचित “गजल सुधा” गजलको बिमोचन गरिएको छ ।

कार्यक्रममा चितवन,नवलपुर , मकवानपुर आसपासका गजलकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम अग्रज साहित्यकार केशवराज आमोदिको विशिष्ट आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रम गजल बिधाबारे प्रकाश पार्दै अग्रज साहित्यकारहरु पुस्प अधिकारी अन्जली , धनराज गिरि लगायतले साहित्य बिधामा गजलको उज्ज्वल भबिस्य रहेको बताउनुभएको थियो ।

चितवन,नवलपरासी , मकवानपुर आसपासका करिब १०० भन्दा बढी साहित्यकार उपस्थित रहेको कार्यक्रममा साहित्यकारहरुले आफ्ना रचना बाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष गिरिराज डल्लाकोटिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम भन्डारा बजारमा रहेको ताजा तरकारी उपभोक्ता सहकारी सभाहलमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply