पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रको विस्तारित बैठक आज बस्दै

0

काठमाडौँ, १८ पौष । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्दको केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बोलाइएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ । पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रले आजको छलफलमा एकताका आधारहरु तय गर्नेछ ।

Share.

Leave A Reply