पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज

0

ताप्लेजुङ, २५ साउन । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । बुधबार साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमक र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच खेल हुनेछ । आयोजक नवप्रयास क्लब ताप्लेजुङ दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार भएको खेलमा पाहुना टोली पथरी स्पोर्टिङ क्लब मोरङलाई २–० हराउँदै नवप्रयास अन्तिम चारमा पुगेको हो । नवप्रयासको जितमा रमेश लिम्बू र निराजन गुरुङले एक–एक गोल गरे । लिम्बूले पेनाल्टीबाट गोल गरेका थिए । नवप्रयासका कप्तानसमेत रहेका लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

Share.

Leave A Reply