पाचौँ नवलपुर महोत्सव आज देखि सुरु/‘प्रणालीमा परिवर्तन भएको छ’:पोखे्रल

0

कावासोती, १७ माघ 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखे्रलले अहिलेको अवस्था सरकार परिवर्तन मात्र नभएर प्रणालीमा परिवर्तन भएको बताउनुभएको छ ।

नवलपुर उद्योग वाणिज्य सङ्घले कावासोतीमा आजदेखि शुरु गरेको पा“चाँै नवलपुर महोत्सवको उद्घाटनमा उहा“ले अहिले केवल सरकार परिवर्तन भयो भनेर नबुझ्न आग्रह गर्दै प्रणालीमै परिवर्तन भएको बताउनुभयो ।

“आवश्यक कानून निर्माण र भएका कानून संशोधन गरेर छलफलका लागि अगाडि बढाइएको छ, ढिलोमा चैतको तेस्रो हप्तासम्ममा मुलकलाई चाहिने सबै कानून निर्माण गरिसक्छौँ,” उपप्रधानमन्त्री पोखे्रलले भन्नुभयो, “कानून निर्माणपछि सोही अनुसार नया“ संरचनाहरु निर्माण गरेर यो प्रणालीमा भएको परिर्वतलाई गतिका साथ हिँडाउनेछौँ ।”

उपप्रधानमन्त्री पोख्रेलले दुई तिहाइ बहुमत जनताको विश्वासका आधारमा प्राप्त गरेको बताउँदै सरकारले बोलेका कार्यहरु आफ्नो कार्यकालमा पूरा गरेरै छाड्ने बताउनुभयो ।

“देशमा नया“ विकास गर्ने सन्दर्भमा केही योजना अगाडि सारेका छौँ, त्यो योजना यही कार्यकालमा हामी पूरा गर्छौं, पूरा भएन भने पनि ती योजनाहरु एउटा निर्णायक ठाउ“मा पु¥याउने हाम्रो योजना छ,” उहा“ले भन्नुभयो ।

महोत्सव माघ २७ गतेसम्म चल्नेछ ।

महोत्सवले नवलपुर क्षेत्रको उद्योग, व्यापार प्रर्वद्धन, कृषि उत्पादनको बजारीकरण, कला, संस्कृति,पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेलले बताउनुभयो । महोत्सवमा कृषि उपज, अटो मोबाइल, शैक्षिक प्रदर्शनी, विभिन्न व्यापारीक कक्षहरु गरी कम्तीमा दुई सय कक्ष रहेका छन् ।-रासस

Share.

Leave A Reply