पहिलो अन्र्तराष्ट्रिय Beach Combat मा चितवनका खेलाडीले राखे देशको नाम /१२ स्वर्ण सहित भारतलाई पछि पार्दै नेपाल पहिलो

0

गैडाकोट,माघ ७
चितवनका खेलाडीले प्रतिनिधित्व गरेको पहिलो अन्र्तराष्ट्रिय बिच कम्ब्याट गुजुरियो करातेमा नेपाल पहिलो भएको छ । जनवरी १७ देखी २० सम्म भारतको गोवामा सम्पन्न प्रतियोगितामा १२ स्वर्ण सहित नेपाल प्रथम भएको हो । चार रजत र ३ कास्य पदक सहित नेपालले कुल १९ पदक जितेको हो ।

भरतपुर महानगरपालिकाको पूर्व रामपुरमा रहेको आदर्श युवा क्लब अन्र्तगत रहेको नेपाल गुजारियो कराते चितवनका खेलाडीले प्रतिष्पर्धामा प्रथम भएको बरिष्ठ सल्लाहककार पुष्प आचार्यले बताए । प्रतियोगितामा भारत दोस्रो र अफगानिस्तान दोस्रो भएको थियो । विभिन्न विधामा नेपालका तर्फबाट ९ जना खेलाडी सहभागी थिए ।

Share.

Leave A Reply