पहिलोपटक विमा समिति नागरिकको घरमा

0

गैँडाकोट । विमा समिति पहिलोपटक सर्वसाधारणको घरघरमा पुगेको छ । विमा कम्पनीको नियमक निकाय बिमा समितिले पहिलोपटक विद्यार्थी, सर्वसाधारण र जनप्रतिनिधिसँग विमाका विषयमा अन्तरक्रिया गरेको छ । बुधबार, विहिवार र शुक्रवार चितवनमा रहेका विमा समितिको टोलीले भरतपुर महानगरपालिका, माडि नगरपालिकाका जनप्रतिनिधि र विद्यार्थीसँग विमाका विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा वोल्दै विमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले विमा गर्नुपर्ने विषयमा सवै नागरिकमा चेतना आवश्यक रहेको बताउनुभएको हो । चापागाईले आफ्नो कार्यकालमा विमा समितिले फड्को मारेको दाबी गर्दै विमा समिति पहिलोपटक गाँउगाँउ पुगेको बताउनुभयो । शुक्रवार भरतपुर महानगरपालिकाका जनप्रनिधिसँग भएको छफफल तथा अन्तरक्रियामा बोल्दै चापागाईले कृषक र सामान्य मानिसले विमाको विषयमा बुझ्न नसकेकाले उनीहरुलाई सचेत गराउन सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । महानगरपालिकाका प्रमुख रेणु दाहाल समितका जनप्रतिनिधीले यसका विषयमा आफुरु लाग्ने प्रनिवद्धता जनाउनुभएको थियो ।विहिवार चितवनको माडीमा माडि नगरपालिकाका जनप्रतिनिधिसँगको छलफलमा समितिका अध्यक्ष चापागाँईले हरेक मानिस हरेक समय जोखिमा नै हिडिरहने भएकाले हरेक व्यक्ति विमासँग जोडिनुपर्ने बताउनुभएको हो । माडि नगरपालिकका प्रमुख ठाकुर प्रसाद ढकालले कृषकले विमा गर्दा तिर्नुपर्ने प्रिमियम तिर्न नसके आफुहरुले विपन्न किसानको प्रिमियम तिरिदिने प्रतिबद्धता जनाउनुभयो । अन्तरक्रिया कार्यक्रमम विमा विज्ञ भोजराज शर्मा र विमा समितिका कार्यकारी निर्देशक राजु हमालले विमाका विषयमा जानकारी दिनुभएको थियो । विमा कम्पनीहरुको नियमक निकाय रहेको विमा समितिले बुधवार चितवन, नवलपरासी क्षेत्रमा शाखा सञ्चालन गरेका विमा कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । विमा कम्पनीको अनुगमन, नियन्त्रण र नियमन गर्ने काम मात्र नभई विमा कम्पनीका शाखा शाखामा के कस्ता समस्या त्यो बुझ्न पहिलोपटक कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया गरेको विमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले जानकारी दिनुभयो । नारायणगढको होटल मनास्लुमा भएको अन्तरक्रिया कार्यक्रममा जीवनविमा र निर्जीबन विमाका ३ दर्जन शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा शाखा प्रमुखहरुले आआफ्नो समस्या राखेको कार्यक्रमका सहजकर्ता विमा समितिका पदम सोडारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply