पहाडी क्षेत्रका स्थानियहरुले बिजुली बाल्न पाएपछि स्थानियहरु दगं

0

पुरुषोत्तम सुबेदी
नवलपरासी ,२८ जेठ । नवलपरासी पहाडी क्षेत्रमा बायु सौर्य उर्जा उन्नत जडान प्रबिधी (हावाबाट बिजुली निकाल्ने प्रबिधी ) जडानभएर पहाडी क्षेत्रका स्थानियहरुले बिजुली बाल्न पाएपछि स्थानियहरु दगं परेका छन् । नवलपरासीको बिकट पहाडी धैबादीमा दक्षिण एसियामै पहिलो पटक सो प्रबिधी जडानभएपछि ६० घरपरीवारले बिजुली बाल्न पाएपछि स्थानियहरु दगं परेका हुन् । एशीयाली बिकास बैकको लगानीमा करिब चार बर्ष अघि सो प्रबिधी जडान गरिएपछि स्थानियहरुले बिजुली बाल्न पाएका छन् । यस क्षेत्रमा हावाबाट बिजुली उत्पादन सफल भएपछि पहाडी क्षेत्रका स्थानियबासी हर्सीत भएका छन् ।
जडीत बायु सौर्य उर्जा उन्नत प्रबिधीबाट १२ किलोवाट बिजुली निकाल्न सफल भएको थियो । जस अन्तर्गत १०किलोवाट वायु उर्जा र २ किलोवाट सोलार प्रबिधीबाट निकालीएको थियो । बायु सौर्य उर्जा जडान (हावाबाट बिजुली निकाल्ने प्राबिधी ) दक्षिण एसियामा पहिलो थियो । बिशेष गरी धौबादीलाई नबिकरणीय उर्जाको क्षेत्रमा नमुना गाउं बनाउने उदेश्यले यशीयाली बिकास बैकले प्रबिधी जडान गरीदिएको जिल्ला समन्वय समितीले जनाएको छ । प्रबिधी अन्तर्गत २ वटा पखां जडान गरिएको छ जसबाट ५ । ५ किलोवाट बिद्युत उत्पादन हुने गर्दछ । यसैगरी अन्य २ किलोवाट जडिन सोलार प्रबिधीबाट हुने गरेको छ । रासस

Share.

Leave A Reply