पश्चिम चितवनको पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना

0


चितवन, १३ माघ । पश्चिम चितवनको पटिहानीमा पर्यटन सुचना केन्द स्थापना गरिएको छ । शनिवार एक समारोहका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रको उद्घाटन गर्नुभएको छ । दाहालले पर्यटनको हव बन्दै गएको पटिहानीमा सुचना केन्द्र स्थापनाले पर्यटन विकासका लागि थप टेवा पुग्ने बताउनुभयो । उहाँले राप्ती नदिको किनारमा रहेको भरतपुर २२ पटिहानीलाई महानगरले विशेष योजनाका साथ पर्यटकीय केन्द्र वनाउने वताउनुभयो । यस्तै पटिहानीमा आजदेखी सरसफाई अभियानको पनि शुरु भएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सरसफाई अभियन्ता एवम् वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरेलाई पन्जा हस्तान्तरण गरेर सरसफाई अभियानको सुरुवात गर्नुभयो ।

Share.

Leave A Reply