पर्यटन बोर्डमा दुई सदस्य नियुक्त

0

काठमाडौँ, ७ फागुन (रासस) । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त हुनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङकी धमला र पोखराका पौडेललाई नियुक्त गर्नुभएको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुनुहुन्छ । उहाँले पर्यटन क्षेत्रका विभिन्न संस्थामा आबद्ध भई काम गर्नुभएको छ ।

त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुनुहुन्छ । पौडेलले पनि विभिन्न संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको छ ।

Share.

Leave A Reply