परोपकारी राज्य स्थापना गरेरै छाड्ने – रविन्द्र मिश्र

0


चितवन, १३ माघ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द मिश्रले परोपकारी राज्य स्थापना गरेरै छाड्ने वताउनुभएको छ । आज (शनिवार) नारायणढमा आयोजित चेपाङ वालवालिकाको शैक्षिक सहयोगार्थ रविन्द्र मिश्रको पुस्तकको रोयल्टी हस्तान्तरण कार्यक्रममा वोल्दै उहाँले राज्य परिवर्तन विना जतिसुकै परोपकारी काम गरेपनि सिंगो देश परिवर्तन गर्न नसकिने वताउनुभयो । यसैविच चेपाङ वालवालिकाको शैक्षिक सहयोगार्थ रविन्द्र मिश्रले लेखेको पुस्तकको रोयल्टी मितेरी फाउण्डेशनलाई प्रदान गरिएको छ । मिश्रले फाउण्डेशनका संस्थापक अध्यक्ष एकल सिलवाललाई रु ३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । अहिलसम्म पुस्तक रोयल्टी वाट उठेको करिव ११ लाख रुपैँया फाउण्डेसलाई सहयोग गरिएको छ । यस्तै फाउण्डेशनले सोही कार्यक्रममा कान्देश्वरी आधारभुत विद्यालयलाई १ लाखको चेक हस्तान्तरण गरेको छ ।

Share.

Leave A Reply