परासी क्षेत्रमा बन्दको प्रभाव

0

 

नवलपारासी । बुधबार दोश्रो दिन राजपाले नवलपरासी बन्दलाई शसक्त बनाएको छ । परासी क्षेत्रमा बन्दको प्रभाव परेको छ जसका कारण परासी क्षेत्रको जनजिव कष्टकर बन्दै गएको छ । राजपा कार्यकर्ताहरु सदरमुकाम परासी लगायतका विभिन्न ठाउँमा टायर बाली बन्द गराउदै हिडेका छन् । बन्दका कारण परासी क्षेत्रको बासिन्दा समस्यामा परेका छन् ।

परासी क्षेत्रका सम्पुर्ण शैक्षिक, बैंकबित्त, संघसंस्था, यातायात, उद्योग कलकारखाना र पसलहरु ठप्प छन् । राजपाले संवेदनशिल सवारी साधन, एम्बुलेन्स, रेडक्रस, शववाहन, मानव अधिकार, पत्रकार विदेशी कुटनितिज्ञ र दुध बोक्ने सवारी साधन संगै मोटरसाईकललाई भने अवरोध गरेको छैन । (हुसैन सेन )

Share.

Leave A Reply