पत्रकार महासंघ रुपन्देहीले ६४ औँ स्थापना दिवश मनाउँदै

0


बुटवल, चैत १६ । नेपाल पत्रकार महासंघले शनिबार ६४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ शनिबार आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गरेको हो ।  महासंघको स्थापना दिवसका अवसरमा दैशैभर विभिन्न कार्यक्रम गरिने भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले शनिबार बुटवलमा चियापान तथा शूभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
जिल्ला शाखा रुपन्देहीको शुक्रबार बसेको नियमित बैठकले शनिबार विहान साँढे ७ बजे स्थापना दिवस सम्पूर्ण पत्रकारहरुको उपस्थितीमा चियापान कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । महासंघले आयोजना गर्ने चियापान कार्यक्रममा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहभागी हुन कार्यवाहक अध्यक्ष दिनेश पाण्डेले आग्रह गरे । कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको हलमा हुनेछ । यसैविच स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले एक विज्ञिप्त जारी गरेर सम्पूर्ण सञ्चारकर्मीहरुलाई शूभकामना दिएका छन ।  देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा सम्पम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । विज्ञप्तिमा भनिएको छ ।
नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघले गर्न गरेको अध्यक्षले उल्लेख गरेका छन ।
यतिवेला नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएकाले निगरानी बढाउन आवश्यक रहेको अध्यक्ष आचार्यले भनेका छन । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री संचार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको समेत बताएका छन ।
स्थापना दिवसका अवसरमा महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा शनिबार महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउसो १२  बजे विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा महासंघका पूर्वउपसभापति, उपाध्यक्ष र महासचिवलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply