पत्रकार महासंघ नवलपुरको धर्ना/ पक्राउ परेका पत्रकार गिरी रिहा

0

गैडाकोट, ६ वैशाख । ठगीको समाचार लेखेकै कारण पक्राउ पर्नुभएका पोखराका पत्रकार अर्जुन गिरी रिहा हुनुभएको छ । स्वागत नेपाल लगातका अधिवक्ताहरुको वहसपछि काठमाण्डौ जिल्ला अदालतले साधरण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ नवलपरासी पुर्बी शाखाले विरोध जनाएको छ । महासंघले विरोध स्वरुप हिजो जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको छ ।

पत्रकार महासंघ नवलपरासी पुर्बी शाखाका शाखाका अध्यक्ष होमराज रानाभाटको नेतृत्वमा गएको पत्रकारको टोलीले ‘प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, प्रेसमाथिको सवै खाले ज्यादती वन्द गर’, ‘विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर, पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर’ लेखिएको प्लेकार्ड बोकेर प्रशासनको गेटमा धर्ना दिएका थिए ।

धर्ना समापन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रानाभाटले पत्रकारहरु यथार्थ लेखेर वाँच्ने भएकाले लेखेकै भरमा पक्राउ गर्नु गैरकानुनी र प्रेस स्वतन्त्रताको हनन् भएकाले यसरी आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । जनमानसमा सुचना पुर्याउने सम्वाहकको हातलाई खुम्च्याइनु ठुलो विडम्वना भएको भन्दै यस्ता खालका सवै हर्कत वन्द गर्न उहाँले आग्रह गर्नुभएको छ । महासंघले शुक्रबार पनि प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिने बताएको छ ।

Share.

Leave A Reply