पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि धर्ना

0

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखासँग विभिन्न माग राख्दै आन्दोलनरत नवलपुरका पत्रकारहरुले आज नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि धर्ना दिएका छन् । धर्ना विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा दिएका हुन् ।

नेपाल पत्रकार महासंघ नवलपुरमा सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, आर्थिक पारदर्शिता जस्ता विषयलाई लिएर पत्रकारहरु आन्दोलनमा होमिएका हुन् ।

क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, डब्लुडब्लुजे, फोनिज नवलपुर र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा आन्दोलन थालेको छ ।

आजसम्म माग पुरा नभए भोलि नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

Share.

Leave A Reply