पत्रकार पक्राउको विरोधमा महासंघ नववपुरको विरोध /आज एक घण्टा धर्ना

0


डोलराज रानाभाट, ४ वैशाख । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ नवलपुरले आज एक घण्टा जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना दिएको छ ।

महासंघका उपाध्यक्ष श्रीराम सिग्देलको अगुवाईमा गएको टोलीले प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, प्रेसमाथिको सवैखाले ज्यादती वन्द गर, विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर, पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर लेखिएको व्यानर टाँसेर प्रशासनको गेटमै धर्ना दिएको हो ।

जिल्लाका क्रियाशिल पत्रकारहरुको भेलाले दिएको धर्ना कार्यक्रमको समापनमा बौल्दै उपाध्यक्ष सिग्देलले पत्रकारहरु यथार्थ लेखेर वाँच्ने भएकाले लेखेकै भरमा पक्राउ गर्नु गैरकानुनी र प्रेस स्वतन्त्रताको हनन् भएकाले यसरी आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । जनमानसमा सुचना पुर्याउने सम्वाहकको हातलाई खुम्च्याइनु ठुलो विडम्वना भएको भन्दै यस्ता खालका सवै हर्कत वन्द गर्न उहाँले आग्रह गर्नुभएको छ । भोलि पनि एक घण्टा धर्ना कार्यक्रम जारी रहने सिग्देलले जानकारी दिनुभयो ।

यसैविच,  प्रेस संगठन नेपाल नवलपुरले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिद्रोेही गिरीसहित संगठनमा आवद्ध पत्रकारहरु प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रेस संगठन नवलपुरले समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रा अभिव्यक्ती विरुद्ध भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द भुसालले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply