पञ्जाबलाई पराजित गर्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा ।।

0

वैशाख–८,इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न म्याचमा मुम्बई इन्डियन्सले किग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य मुम्बईले २७ बल खेल्न बाँकी छँदै पुरा गरेको हो । मुम्बईको जितमा जोस बटलर र नितिश राणा नायक बने । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले ६ खेलबाट पाँच जितका साथ १० अंक बटुलेर शीर्षस्थान कब्जा गरेको हो ।

Share.

Leave A Reply