नेविसंघ ले बुझायो ज्ञापनपत्र: सत्यतथ्य छानबिन गर्छु- प्रमुख जिल्ला अधिकारी

0
 
नेविसंघ नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) ले आज जिल्ला प्रशासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) मा
गैंडाकोट नगरपालिकाले अविनाश ह्याचरी प्राली र जय श्री फुडस प्रालि को नक्सा पास को सम्बन्धमा भएका काम कार्वाही को विषय मा आवश्यक सूचना नदिएको भन्दै उचित छानबिन का लागि अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी महेस आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।
दुबै प्राली को नक्सा पास मा व्यापक आर्थिक चलखेल भएको र सोही आर्थिक चलखेल लुकाउन सुचना नदिएको नेविसंघ द्वारा जेठ १ गते गरिएको पत्रकार सम्मेलन मा जानकारी गराईएको थियो । यो विषयमा आफ्नो संक्षिप्त धारणा राख्दै प्रमुख जिल्ला अधिकारी आचार्य ले सत्य तथ्य को छानबिन गर्ने बताउनु भएको छ ।
यसै गरि नेविसंघ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि को नेपाल भ्रमण का बेला भारतीय सांसद कृति आजाद को टुविट र प्रदेस नं २ का मुख्य मन्त्री लालबाबु राउत को अभिव्यक्ति प्रती खेद जनाउदै तत्काल कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको नेविसंघ नवलपरासी का अध्यक्ष राजेश पौडेलले जानकारी दिनु भयो ।
Share.

Leave A Reply