नेविसंघ नवलपुरद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना /पक्राउ परेका नेताहरुको रिहा गर्न माग

0

गैडाकोट, २५ माघ ।

नेपाल विद्यार्थी संघ नवलपुरले पक्राउ परेका आफ्ना विद्यार्थी नेताको रिहाइको माग गर्दै नेबिसंघ गण्डकी प्रदेशको कार्यतालिका अनुसार आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना दिएको छ ।

नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलको नेतृत्वमा विद्यार्थीहरुको टोलिले धर्ना दिएको सचिब सुशील काफ्लेले जानकारी दिनुभयो। पोखरामा थुनामा रहेका विद्यार्थीहरुको रिहाई नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने नेबिसंघ केद्रीय सदस्य आर सि भट्टराईले बताउनुभयो ।

भोलि २६ गते सांझ मसाल जुलुस,माघ २७ गते झुठा मुद्दा खारेजी र बन्दी साथीहरूको बिनाशर्त रिहाइको माग गर्दै सरस्वती पुजा गरिने जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो । साथै उहाँले आफ्ना आन्दोलनका कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाइ सहयोग गर्नपनि आग्रह गर्नुभयो ।

Share.

Leave A Reply