नेविसंघ कालिका संस्कृत विद्यापिठमा नयाँ नेतृत्व ।।

0

गैंडाकोट
नेपाल विद्यार्थी संघ कालिका संस्कृत बिद्यापिठ (उत्तर मध्यमा)मा आज नयाँ कार्यसमिती गठन गरिएको छ ।
नवगठित कार्यसमितिको अध्यक्षमा गंगाधर पौडेल रहनुभएको छ । त्यसैगरी उपाध्यक्षमा मदन पौडेल र अनिल घिमिरे रहनुभएको छ भने सचिवमा गोबिन्द अधिकारी, कोषध्यक्षमा नारायण घिमिरे, सह सचिवमा खेमराज चौलागाईं र हरि सुवेदी सहितको १३ सदस्यीय नयाँ कार्यसमिती गठन गरिएको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ नवलपुरका सचिव सुशील काफ्ले, जिल्ला सदस्य सरोज चालिसे, नेपाल विद्यार्थी संघ जनक कलेजका अध्यक्ष अजय पौडेल, नेबिसंघ कमर्स कलेज काठमाडौका पुर्ब अध्यक्ष सुजन कंडेल, प्राध्यापक प्रकाश तिवारी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply