नेविसंघले गठन गर्‍यो प्रसार प्रचार समिति

0

नवलपुर २२ कार्तिक ।

नेविसंघ नवलपरासी बर्दघाट सुस्ता पुर्व को आज कावासोती मा बसेको बैठकले नेविसंघ नवलपरासी का अध्यक्ष राजेश पौडेल को अध्यक्षतामा १००१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ ।

नेविसंघ नवलपरासी का अध्यक्ष राजेश पौडेलको अध्यक्षता एवम् नेविसंघ केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आरसि को प्रमुख आतिथ्यता मा सम्पन्न बैठकले नवलपुर जिल्ला मा काङ्ग्रेस का उमेदवारलाई विजयी गराउनका लागि नेविसंघलाई पुर्ण रूपमा परिचालन गर्ने गरि प्रदेस सभा तथा प्रतिनिधि सभाका क्षेत्रहरूमा पनि निर्वाचन परिचालन तथा प्रचारप्रसार समिती गठन गरेको छ ।

जस अनुसार क्षेत्र नं १ को संयोजक मा सुशिल काफ्ले १ क मा विबेक न्यौपाने १ ख मा हरि सुवेदी क्षेत्र नं २ को संयोजक मा लक्ष्मण रिजाललाइ जिम्मेवारी तोकिएको नेविसंघ नवलपरासी का उपाध्यक्ष संजय भट्टराईले जानकारी दिए ।

Share.

Leave A Reply