नेप ईन्डिया इन्टरनेशनलका उत्पादनहरु सार्वजनिक

0

असार १४ । नेप ईन्डिया इन्टरनेशनल प्रा।लि ले चितवन को भरतपुर मा “घर घर को सुरक्षा ” नारा सहित आफ्ना उत्पदनहरु एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा सबै कम्पनीहरुले आफ्नो आफ्नो उत्पादन मात्रैको जानकारी दिने गरे पनि नेप ईन्डियाले भने फाइदाको केही रकम सामाजिक सेवामा लगाउने भएको छ । सामाजिक सेवा को पहिलो चरणमा “इलेक्ट्सिियन सुरक्षा कोष” को समेत घोषणा गरेको छ । कम्पनीका प्रमुख चन्द्रकान्त शर्मा जैसीले तत्काल दुई लाख को रकम कोष मा जम्मा हुने र प्रत्येक बर्ष नाफाका हिसाब ले कोष बडाउदै लग्ने र नेप ईन्डिया फाइदा मात्रै नहेरी सामाजिक दुख्ख सुख मा पनि हरदर साथ रहने बताएका छ्न । प्रभा विद्युतको सहजीकरण मा सम्पन्न भएको कार्यक्रम मा लेखनाथ सापकोटा,चन्द्र्कान्त शर्मा,सुजन अधिकारी,दिपेश कडरिया,राजेश गौतम,बामदेब जिसि,गोबिन्द सापकोटा,केशव चौधरी,प्रबिण पौडेल ,काशीनाथ सापकोटा लगाएत अथिती रहनु भएको कार्यक्रम फरक तरिकाले सन्चालन गरिएको थियो । विभिन्न समयमा विद्युतको काम गर्दा गर्दै ज्यान गुमाउने हरु को सम्झना मा एक मिनेट मौन धारणा समेत गरिएको कार्यक्रम मा ६४ बर्श का पाका इलेक्ट्सिियन मनोहरी अधिकारी लाई कम्पनीको तर्फ बाट सम्मान गरिएको थियो । चितवन तथा नवलपुर का इलेक्ट्सििएन र विद्युत ब्याबसायि हरु को उपस्थिति मा कम्पनी ले आफ्ना उत्पदन मोडुलर स्विच,सिलिग फेन, एम सि बि, लगाएत विभिन्न घरायसी सामान हरु प्रदर्शन गरेको थियो । नेप ईन्डिया का हरेक सामान हरु मा ५ बर्ष  देखि २५ बर्ष सम्म ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

Share.

Leave A Reply