नेपाल रेडक्रस गैडाकोट उपशाखाको १६ साधारण सभा गैडाकोटमा सम्पन्न

0

गैडाकोट, ५ माघ ।
नेपाल रेडक्रस गैडाकोट उपशाखाको १६ साधारण सभा गैडाकोटमा सम्पन्न भएको छ । गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सांसद नेपालीले समाजसेवा र सामाजिक कार्यमा रेडक्रसले अग्रणी भुमिका खेलीरहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिब बिष्णुप्रसाद शर्माले बार्षीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस नवलपरासी जिल्ला शाखाका पूर्ब सभापति केशवप्रसाद सापकोटा, रेडक्रस पर्बत जिल्ला शाखाका कोषाध्यक्ष कृष्णचरण गौडेल, उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भटटचन लगायतका अतिथीहरुले कार्यक्रम मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल रेडक्रस गैडाकोट उपशाखाका सभापति पूर्णप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण संस्थाका सहसचिब माधबप्रसाद सिग्देलले गर्नुभएको थियो ।

Share.

Leave A Reply