नेपाल महिला संघ गैडाकोटको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

२२ असार, गैडाकोट । नेपाल महिला संघ नगरसमिति गैडाकोटले आज अन्तरक्रिया कार्यक्रम गरेको छ । महिला संघको संगठन सुदृढीकरण,परिचालन र वर्तमान राजनीतिक पृष्ठभूमिका विषयमा अन्तरक्रिया गरिएको हो । नेपाली काँग्रेस गैडाकोटको पार्टी कार्यालयमा भएको अन्तरक्रियामा राष्ट्रिय सभा सदस्य तथा महिला संघ केन्द्रीय महासचिव धना खतीवडाले वर्तमान राजनीतिक पृष्ठभूमिको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारले स्थगित गरेको तरकारीको विषादी परीक्षणको काम तत्काल सुरु गर्न र जनताको स्वास्थ्यमा खेलवाड नगर्न अनुरोध गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य ओमकला गौतम, महिला संघ केन्द्रीय सदस्य सुशिला उप्रेती, गैडाकोट उपप्रमुख विष्णुकुमारी कडेल, चितवन महिला संघकी सचिव लक्ष्मी लामिछाने लगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो । महिला संघ गैडाकोट नगरसमिति अध्यक्ष कमला तिवारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply