नेपाल मगर संघ गैडाकोट नगर समितिको अध्यक्षमा दुर्गा बहादुर

0

बिजय एफ.एम., गैडाकोट, २३ पौष ।

नेपाल मगर संघ गैंडाकोट नगर समितिको अध्यक्षमा दुर्गा बहादुर मर्साङ्गी मगर चयन हुनुभएको छ । गैडाकोट १० को मुकुन्दसेन बौद्ध बिहारमा बसेको १२ औं अधिबेशनले १७ सदस्यीय नगर समिति सर्ब सम्मत चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा नरजंग राना मगर, उपाध्यक्षमा मोम कुमारी राना मगर, सचिबमा कुल बहादुर ठाडा मगर, कोषाध्यक्षमा लिला थापा मगर लगायत रहनुभएको छ ।

बाँकी ८ सदस्यहरु पछि मनोनित गर्ने गरि २५ सदस्य टिम बनाउने योजनामा समिति रहेको छ । नयाँ निर्वाचित कार्य समितिलाई भने आईतबार गैडाकोट ८ को लखन चोकमा अवस्थित मगर संघको कार्यालयको सभाहलमा निर्वाचन समितिका संयोजक शिब बहादुर पुन मगरले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष मर्साङ्गी मगरले सम्पूर्ण नगर भित्रका मगरहरुलाई एक जुट बनाएर अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

Share.

Leave A Reply