नेपाल प्रेस युनियन नवलपुरको १० औं अधिवेशन चल्दै, वामपन्थीहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरे ः डा. कोईराला

0

असोज ६, कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वामपन्थीहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन नवलपुरको १० औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै महामन्त्री कोइरालाले उक्त आरोप लगाउनुभएको हो । नवलपुरका प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले अहिलेको समयमा प्रेस स्वतन्त्रता हुनै पर्ने समेत टिप्पणी गर्नुभयो । उहाँले नेपाली कांग्रेस मात्रै प्रेस स्वतन्त्रताको पक्षमा रहेको समेत तर्क गर्नुभयो ।
उहाँले वीपी कोइराला प्रधानमन्त्री हुँदाका बखत पनि प्रेस स्वन्त्रताको पक्षमा उभिएको स्मरण गर्दै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताप्रति अत्यन्त गम्भीर रहेको समेत बताउनुभयो । उहाँले नेपाली कांग्रेसको अधिवेशन आउँदै गरेकाले देश दौडाहामा आफू लागेको समेत बताउनुभयो । उहाँले आउँदो अधिवेशनका बारेमा अहिले केही भन्न नचाहेको तर कार्यकर्ताका कुराहरु सुन्न आफू निस्किएको बताउनुभयो ।
नेपाल आमा समुहको सभाहल कावासोतीमा भएको युनियनको नवलपुर शाखाको अधिवेशनमा गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, प्रतिनिधी सभा सदस्य सत्यनारायण खनाल, नेवीसंघ केन्दीय सदस्य आरसी भट्टराई, प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु सिवाकोटी, केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मि पाण्डे, मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर राना, नेपाली कांग्रेश जिल्ला सचिव बालकृष्ण घिमिरे, पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष दिपक भट्टराई, प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला समन्वय समिति प्रमुख चेसराम आले, गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उप प्रमुख विष्णुकुमारी कंडेल लगायतको उपस्थिती रहेको थियो ।
आजै हुने अधिवेशनबाट नयाँ कार्य समिति गठन हुने नेपाल प्रेस युनियन नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply