नेपाल पत्रकार महासघ नवलपुर शाखाको रिक्तपदमा प्रेस युनियनको प्यानल विजयी

0

फागुन १८, कावासोती । विजय एफएम १०१.६ का स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्याय नेपाल पत्रकार महासंघ नवलपुर शाखाको सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको रिक्तपद पुर्तीका लागी भएको निर्वाचनमा प्रेस युनियनको प्यानल विजयी भएको हो । उपाध्यक्षमा श्रीराम सिग्देल विजयी हुनुभयो । उहाँले ५१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षका प्रत्यासी प्रगतिशिल प्यानलका वुद्धीसागर पोखरेलले ५० मत प्राप्त गर्नुभयो । त्यस्तै सचिबमा प्रेस युनियनबाट प्रेमप्रसाद न्यौपाने ६६ मत सहित विजयी हुनुभयो । उहाँका प्रत्यासी तीर्थराज डुम्रेले ३४ मत प्राप्त गर्नुभयो । त्यस्तै समाबेशी सहसचीवमा शारदा झेंडी मगर ५६ मतसहित विजयी हुनुभयो । उहाँका प्रत्यासी ईतराज गुरुङ असिफले ४४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै खुल्ला सदस्यतर्फ श्रीधर उपाध्याय ५८ मत, कृष्णाकुमारी ढकाल ५४ मत, मुना दाहाल ६९ मत, विवेक भण्डारी ६६ मत, राजु चापागाइ ५६ मत र सञ्जय भट्टराइ ५५ मत सहित विजयी हुनभयो ।

नवलपुर शाखाका १११ मतदाता मध्ये १०१ मत खसेको थियो । जसमध्ये १ मत बदर भएको थियो । नवलपुर शाखाको अध्यक्षमा होमराज रानाभाट, कोषाध्यक्षमा ईश्वरी चापागाई, सह सचिवमा विष्णु गौडेल यसअघि नै चयन हुनुभएको थियो । नवलपरासी दुई जिल्ला बनेपछि नवलपुरमा महासंघको निर्वाचन भएको हो ।

Share.

Leave A Reply