नेपाल आइडलका प्रतिष्पर्धी बुद्धलामा यसरी सिक्थे संगित । हेर्नुहोस भिडियो

0

पोखरा, ३१ श्रावण । नेपाल आइडलका प्रतिष्पर्धी बुद्ध लामा प्रवल दाबेदारका रुपमा देखिएका छन् । लामाको संगीतमा सानै उमेरबाट रुचि रहेको थियो । शास्त्रिीय संगीतको सिकाइबाट संगीत क्षेत्रमा उनले प्रवेश गरेका थिए । नेपाल आइडलमा अहिलेसम्म पनि डेन्जर जोनमा नपरेका लामा प्रतिष्पर्धीहरुमाझ बढी चर्चित बनेका छन् । लामाले आफ्नो संगीत सिकाइको इतिहास पोखराको गुरुकुल संगीत प्रशिक्षण केन्द्र, न्यूरोडबाट सुरु गरेका हुन् । बुद्धका प्रशिक्षक तीर्थराज पोखरेलले बुद्ध लामाको लगनशीलता र रियाजलाई सधैँ प्रमुख प्राथमिकता दिने बानी नै बुद्धको सफलताको आधार बन्दै गएको बताएका छन् ।

Share.

Leave A Reply