नेपाली र जर्मनी बिद्यार्थीबिच संस्कृती आदानप्रदानका लागी गैँडाकोटको सरस्वती निकेतनको प्रयास ।

0

गैँडाकोट २६ फागुन ।

नवलपरासीको गैँडाकोटमा रहेको एक बिद्यालयले जर्मनीमा रहेका बिद्यार्थीहरुसंग संस्कृती र शिक्षण सिकाई आदानप्रदानमा सहकार्य गर्ने भएको छ । शुक्रबार जर्मनबाट आएका केही बिद्यार्थीहरुले गैँडाकोटमा रहेको सरस्वती निकेतन आवासिय माविको अवलोकन गरेका छन् ।

अवलोकनमा आएका १३ जना बिद्यार्थीहरुले बिद्यालयमा हुने पठनपाठन, शिक्षण शिकाई क्रियाकलाप, बिद्यार्थीहरुको शैक्षीक अवस्था र सांस्कृतीक चालचलनका बारेमा जानकारी लिएका छन् । उनीहरुलाई बिद्यालयमा आयोजीत बिशेष कार्यक्रममा शिक्षण सिकाई प्रकृयाबारे शिक्षक लक्ष्मण कण्डेलले जानकारी गराउनुभएको हो ।

एक साताको अवलोकन भ्रमणमा रहेका उनीहरुलाई स्थानीय र राष्ट्रिय संस्कृती रितिरिवाज चालचलन र त्यसले शिक्षा प्रणालीमा पारेको प्रभावबारे बिद्यालयले जानकारी आदान प्रदान गर्ने गरी सहकार्य भएको बिद्यालयका प्लस टु संयोजक कमल तिवारीले जानकारी दिनुभयो । अवलोकनकै क्रममा नेपालबाट सरस्वती निकेतन आवासिय माविका बिद्यार्थीहरुलाई जर्मन पठाउने तथा जर्मनका बिद्यार्थी नेपालमा रहेर शिक्षण सिकाई बिधी आदान प्रदान गर्ने सहमती बनेको बिद्यालयका प्राचार्य भरतबाबु कंडेलले बताउनुभयो ।

Share.

Leave A Reply