नेपाली बाजेले आफ्नो वार्षिक उत्सव असहायसंग होलीखेलेर मनायो

0


गैँडाकोट, १९ फागुन । नेपाली बाजे फेसबुक ग्रुपको पहिलो बार्षिक उत्सब कार्यक्रम चितवन को मन्जुश्री आश्रममा असहाय हरुसंग होली खेलेर मानिएको छ । कार्यक्रमको प्रमुख अतिथि मंजुश्री असाहय चितवनकि प्रमुख मंजु खांड रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उहाँले होलिको अवसरमा असहायहरुसंग होलि खेलेर उत्साह थप्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो साथै यस्ता सहयोगी हातले अझै असहायको सेवा गर्न प्रेरणा प्राप्त भएको बताउनुभएको थियो । तेसै गरि बिशिस्ठ अतिथिमा बिजय कुमार शाह रहनु भएको थियो । कार्यक्रममा असहायहरुलाइ नगद सहयोग गरि उहाँहरुसंगै खाना खाइएको ग्रुपकी चितवन संयोजक सृजना राइले जानकारी दिनुभयो । कार्यक्रममा चितवनका सदस्यहरु सुसन पराजुली, आकाश थापा, दिवस पौडेल एलिसा श्रेष्ठ ,सबिना अधिकारी, प्रज्वल श्रेष्ठ, बिस्वास सापकोटा ,शिव कंडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली बाजे (गैंडाकोट र चितवन) ग्रुपमा लिडर एबम एड्मिन संयोग रेग्मिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply