नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ५ को वडा सम्मेलन सम्पन्न

0

प्रेम क्षेत्री

गैंडाकोट । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले कांग्रेसका सम्पूर्ण क्रियाशिल तथा साधारण सदस्यलाई संगठन विस्तारमा लाग्न आÞवान गर्नुभएको छ ।

नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ५ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टिको निर्देशन अनुसार अघि वढ्न आग्रह समेत गर्नुभयो । विपि स्मृती भवन पार्टि कार्यालय कांग्रेसचोकमा भएको वडा सम्मेलनमा उहाँले वर्तमान सरकारले गर्न नसकेका शान्ती सुरक्षा र भए गरेका अनियमितताका विषयमा सशक्तरुपमा आवाज उठाउन आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले आन्तरिक कारणले पार्टिले हार व्यहोर्नु परेपनि आगामी दिनमा सवै जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । गैंडाकोट ५ बाट वडा सम्मेलनको शुरुवात भएको जनाउँदै उहाँले सबै सशक्त रुपमा लाग्नुपर्ने बताउनुभयो ।


पार्टिको १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टिले गर्नुपर्ने कार्यका विषयमा वडा, नगर, जिल्ला, क्षेत्रिय हुदैैं केन्द्रसम्म पु¥याउनेगरि पहल भईरहेको वडा सचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयो । सम्मेलनले वडा सभापति गोविन्द घिमिरेको आगामी कार्ययोजना सहितको प्रतिवेदन, सचिव लक्ष्मण कंडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मलराज रिमालको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, जिल्ला सदस्य कमला तिवारी, नगर सभापति तारापति खरेल, नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, लोकतान्त्रिक खेलकुद संघका जिल्ला उपाध्यक्ष लक्ष्मण कार्की लगायतको उपस्थिती रहेको थियो । वडा सदस्य पार्वती सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम वडा सभापति गोविन्द घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply