नेपाली कांग्रेसनिकट नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसनमा योगेन्द्र बहादुर अधिकारी विजयी

0

प्रेम क्षेत्री, गैँडाकोट । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक लयर्स एशोशिएशन (डीएलए)मा अधिवक्ता योगेन्द्र बहादुर अधिकारी विजयी हुनुभएको छ ।

विजयी भएपश्चात उहाँले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको जनाउँदै सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । साथै उहाँले अव सबैको साथ सल्लाह, सुझाव, सहयोगको आधारमा आफु र अबको नयाँ कार्यसमिति अगाडी बढ्ने बताउनुभयो ।
नवलपरासीको गैँडाकोटमा आईतबार सम्पन्न निर्वाचनमा २ प्रतिस्पर्धीलाई पछाडी पार्दै अधिकारी ४ सय ३२ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिद्धन्दी सिताराम केसीले ३ सय ३४ मत प्राप्त गर्नुभएको छ । अधिकारी, कांग्रेस नेता सिटौला र केसी पौडेल निकट मानिन्छन् । त्यस्तै अध्यक्षका उम्मेदवार रामकुमार श्रेष्ठले मात्र ४२ मत प्राप्त गर्नुभयो ।
सोमबार बिहान गरिएको घोषणा अनुसार वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल ४३५ मतका साथ विजयी हुनुभयो । अर्का प्रतिस्पर्धी रामचन्द्र त्रिपाठीले ३३७ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष प्रदेशतर्फ ३ नम्बर प्रदेशमा राजु कटुवाल, ४ नम्बर अर्थात गण्डकी प्रदेशमा फणिन्द्रराज कोईराला, ५ नम्बर प्रदेशमा गोर्कणसिंह थापा विजयी हुनुभएको छ । यसअघि नै प्रदेशतर्पm १ नम्बर प्रदेशमा हरि खड्का, २ नम्बर प्रदेशमा राजप्रसाद दाहाल, ६ नम्बर प्रदेशमा खड्क बहादुर सिंजापति र ७ नम्बर प्रदेशमा बिरबहादुर जैठरा निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै महिला उपाध्यक्षमा सुष्मा बास्कोटा बराल यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
महासचिवमा लक्ष्मीदेवी दहाल रावल विजयी हुनुभएको छ । सचिवमा खड्गबहादुर वुढाथोकी ‘सुवास’, महिला सचिवमा बिष्णु बस्याल विजयी हुनुभयो । कोषाध्यक्षमा सुधा खतिवडा कोईराला विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा अर्जुनकुमार बाँस्कोटा, कीर्तिनाथ शर्मा, रामबन्धु शर्मा, रुपेश लामा, लोकबहादुर शाह र सन्तोष तिवारी विजयी हुनुभयो । प्रदेश नम्बर ४ अर्थात गण्डकी प्रदेशको एक सदस्यमा सरोज अधिकारी निर्वाचित हुनुभयो । आदिवासी जनजाती सदस्यतर्फ मनोजकुमार चौधरी, रनबहादुर थेवे, मधेसी सदस्यमा नागेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ ।
विभिन्न १९ पदका लागि ७७ जना निर्वाचनमा होमिएका थिए । सर्वसम्मत तथा निर्वाचनबाट ४५ सदस्य रहेको कार्यसमिति निर्वाचित भएको हो ।

Share.

Leave A Reply