नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा आज बस्दै

0

काठमाडौँ, २१ बैशाख । नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा आज बस्दैछ । बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुनेछ । यसअघिको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएपछि बैठक रोकिएको थियो ।  आज बस्ने बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनको प्रस्ताव गरिनेछ । सोमबारको बैठकमा सभापति देउवाले प्रस्ताव नगरि बैठक आजका लागि स्थगित गर्नुभएको थियो ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले आजको बैठक पदाधिकारी चयनमा केन्द्रित हुने बताउनुभयो ।  सभापति देउवाले तीनै पदमा आफूपक्षका नेतालाई मात्र नियुक्ति गर्ने गरि बैठकमा प्रस्ताव गर्न लागेपछि वरिष्ठ नेता पौडेल पक्षले सोमबारको बैठक अस्वीकार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक ४ दिनका लागि स्थगित गर्नुभएको हो । अर्को बैठक बस्नुअघि सभापति देउवाले पौडेल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास गर्ने भनिएपनि यो बिचमा थप छलफल भने भएको छैन् ।

Share.

Leave A Reply