नेपाली काँग्रेस गैँडाकोट वडा नं ५ का वुथ सभापतिद्धारा राजिनामा ।।(राजिनामा पत्रसहित )

0

गैँडाकोट । स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउन नसकेको भन्दै नेपाली काँग्रेस गैडाकोट वडा नं ५ का वुथसभापति शालिकराम घिमिरेले पदवाट राजिनामा दिएका छन् । पार्टीको राम्रो पकड रहेको क्षेत्रमा पनि सांगठनिक कमजोरीका कारण पार्टी पराजित भएको भन्दै संगठन सुदृणीकरण गर्नुपर्ने देखिएकाले नैतिकताको आधारमा पार्टीवाट राजिनामा दिएको घिमिरेले लेखेको राजिनामा पत्रमा भनिएको छ । घिमिरेले निर्वाचनमा उम्मेद्धार छनौटमा गम्भिर गल्ति भएको भन्दै नेतृत्वले पार्टीका कटिबद्ध कार्यकर्ताको भावनामा चोट पुराएको आरोप लगाएकाछन् । पद र पैसाको आडमा आफ्ना नातागोता र आसपासेलाई उम्मेद्धार बनाउन खोजिएको आरोप पनि घिमिरेले लगाएका छन् । उम्मेद्धारका आकांक्षीसँग छलफल नगरि एकलौटी निर्णय गर्दा पार्टी पराजित भएको र त्यसको नैतिक जिम्मेवारी वुथ सभापतिको हिसाबले आफुले पनि लिने घिमिरेले लेखेको रापजनामा पत्रमा लेखिएको छ । घिमिरेले पार्टीको नगरसमिति र क्षेत्रियसमितिले असन्तुष्ट पक्ष, समूहसँग छलफल नगरेको र उनीहरुलाई सम्बोधन गर्न नसकेकाले चुनाब हार्नुपरेको उल्लेख गरेका छन् ।

Share.

Leave A Reply