नेपालमा बर्ड फ्लू, २१ वर्षीय युवकको मृत्यु

0


काठमाडौं, बैशाख १९ । नेपालमा एक जना व्यक्तिमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण उक्त व्यक्तिको मृत्यु समेत भइसकेको छ।
नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे संज्ञा दिइन्। काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो। ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो।

त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। घटनाकाे जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।

Share.

Leave A Reply