नेपालद्वारा भारतविरुद्ध ऐतिहासिक जित

0

काठमाडौँ, २८ माघ 

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् ।

नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।-रासस

Share.

Leave A Reply