नेकपा नवलपुरको एकीकरण/नामावली दिउसो मात्रै सार्वजनिक हुने

0

डोलराज रानाभाट, ९ वैशाख । केन्द्रीय नेताहरुले हिजो गरेको पदाधिकारी टुंगोमा नेकपा नवलपुरको ५ स्थानीय पूर्व एमालेको पक्षमा परेको छ भने ३ स्थानीय तह भने माओवादीको पक्ष परेको छ ।

तनहुँ, चितवन लगायतका जिल्लाहरुमा केन्द्रबाट  आधिकारिक घोषणा नहुँदै नामावली सार्वजनिक भइसक्दा पनि नवलपुरमा भने पदाधिकारीहरुको नाम अझै सार्वजनिक भएको छैन । पदाधिकारीको नाम थाहा पाउन विजय एफ.एम.ले प्रयास गरेपनि  सम्पर्क गरिएका कोहिपनि स्थानीय नेता बोल्न चाहेनन् ।

 

विजय एफ.एम.ले सम्पर्कका गरेका नेताहरुले दिउसोमात्रै नामावली भन्नसक्ने जानकारी दिनुभयो ।

 

अध्यक्षमा मित्रशरण शर्माको नाम चर्चामा भएपनि आधिकारिकता पुष्टी हुन सकेको छैन भने ५ पूर्व एमालेमा परेका स्थानीय निकायहरु गैडाकोट, कावासोती, वुलिटार ,विनयी त्रिवेणी र वुङदिकाली रहेका छन् भने  पूर्व माओवादीको पक्षमा परेको ३ स्थानीयमा  देवचुली, मध्यविन्दु र  हुप्सेकोट रहेका छन् ।

 

Share.

Leave A Reply