नेकपा नवलपुरका अध्यक्ष गाहाले भने “सबैलाई मिलाएर लैजान्छु”

0


डोलराज रानाभाट
गैडाकोट, ९ वैशाख । एक वर्षपछिको अन्यौलताका वावजुद दुई पार्टीवीच एकताभई बनेको नेकपाले जिल्लाहरुको नेतृत्व टुंग्याएको छ । यसैविच नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा चयन हुनुभएको छ भने सचिवमा मित्रशरण शर्मा चयन हुनुभएको छ ।
गाहा गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्व एमालेका जिल्ला अध्यक्ष हुनुहुुुुन्थ्यो। २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख बाट प्रदेशसभामा निर्वाचित गाहाले अध्यक्षमा चयन भएपश्चात विजय एफएमसँगको कुराकानीमा सवैलाई मिलाएर पार्टीलाई मजबुद वनाउने बताउनुभएको छ । पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेको भन्दै आफ्नो कुनैनेतासँग दुश्मनी नभएको दावी उहाँको थियो ।

केन्द्रीय सदस्य एवम् संघीय सांसद तिलक महतसँग तपाईको सम्वन्ध चिसिएको छ नी भन्ने प्रश्नमा उहाँले त्यस्तो केहि नभएको र उहाँसँग त झन् आफ्नो राम्रो सम्वन्ध भएको बताउनुभयो । केन्द्रीय तहबाट जिल्ला अध्यक्ष र सचिव मात्रै तोकिएको सन्दर्भमा छिट्टै अन्य पदाधिकारीहरुको पनि टुंगो लगाउने र महिलाहरुको प्रतिनिधीत्वका लागि आफ्नो सहयोग पूर्ण रुपमा हुने बताउनुभयो ।
सचिवमा चयन हुनुभएका मित्रशरण पूर्वमाओवादीका जिल्ला संयोजक र नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । यस्तै आठ वटा स्थानीय तह रहेको नवलपुरमा पूर्वएमालेलाई पाँच अध्यक्ष र पूर्व माओवादीलाई तीन अध्यक्ष दिने सहमति बनेको छ ।

पूर्वएमालेले गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, बुलिङटार गाँउपालिका, बौदीकाली गाँउपालिका, विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्ष पाउने भएको छ भने पूर्वमाओवादीले देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पाउने भएको छ । उता पश्चिम नवलपरासीमा भने अध्यक्षमा भविश्वर तिवारी र सचिवमा तुलसी पासी चयन हुनुभएको छ ।

Share.

Leave A Reply