नेकपा गैंडाकोट नगर कमिटिका पदाधिकारीद्वारा शपथ ग्रहण

0

प्रेम क्षेत्री
वैशाख ३०, गैंडाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैंडाकोट नगर कमिटिका पदाधिकारीले सोमबार शपथ ग्रहण गरेका छन् ।
नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य तिलक महतले द फेमली क्याफे गैंडाकोटमा पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण घोषणा भएको करिब १ वर्षपछि नगर कमिटिले पुर्णता पाएसँगै सपथ ग्रहण गराईएको हो ।
यी दुई पार्टीविच गएको जेठ ३ गते एकिकरण भएको थियो । गैंडाकोट नगर कमिटिमा ४५ जना तत्कालिन एमाले र ३६ जना माओवादी केन्द्रबाट गरि ८१ जना रहेका छन् । जसमध्ये नगर कमिटि अध्यक्षमा षडानन्द लामिछाने र सचिवमा श्यामसुन्दर लामिछाने रहनुभएको छ । बाँकी ७९ जना सदस्य रहेका छन् ।

सपथ ग्रहणपछि नगर कमिटि अध्यक्ष षडानन्द लामिछानेले दुई पार्टीको मिलनपछि सवै साथीहरुलाई मिलाएर अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीमा जिम्मेवार विहिन बनेका साथीहरुलाई कुनै न कुनै स्थानमा समाहित गर्दै अघि वढ्ने बताउनुभयो । साथै उहाँले सहयोगका लागि सवैलाई आग्रह समेत गर्नुभएको छ ।
शपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य तिलक महतले कम्युनिष्ट पार्टी २७ वटासम्ममा विभाजन भएको स्मरण गर्दै ७० वर्षपछि सबैभन्दा ठुलो र एक भएको उल्लेख गर्नुभयो । वर्गिय स्वार्थ र आवश्यकताले एकता सम्भव रहेको जनाउँदै उहाँले समावेशी सहभागितामा जोड दिनुभयो । साथै उहाँले सरकार विकास निर्माणमा अघि वढेको प्रसंग उल्लेख गर्दै जनताले परिणाम खोजेको र केन्द्र, प्रदेश र स्थानिय तहमा पार्टी हावी हुदाँ यहि बेला सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।


नेकपाका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले सबैले आ–आफ्नो दायित्व बोध र आत्मसाथ गर्न सके संगठन मजबुत हुने भन्दै मुलुकका लागि नयाँ उर्जा थप्न सहयोग पुग्ने बताउनुभयो । पार्टीलाई बदनाम गराउन विभिन्न शक्ती लागेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
नेकपाका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले पार्टीमा अनुशासन महत्वपूर्ण रहेको जनाउँदै अब पारदर्शीरुपमा चल्नुपर्ने बताउनुभयो । पार्टी कार्यालय व्यवस्थापनदेखी कर्मचारी राखी अभिलेख राख्न उहाँले सुझाव दिनुभयो । साथै उहाँले पार्टीमा गुट उपगुटको अन्त्य गर्दै अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपाका गण्डकी प्रदेश सदस्य कृष्ण पौडेलले राजनीति ठिक समयमा गर्न सकिएन भने पार्टी पछि पर्ने जनाउँदै अहिले विकास र समृद्धिमा अघि वढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सबैको योगदानले यो सम्भव रहेको र यो एतिहाँसिक क्षण जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नेकपाका गण्डकी प्रदेश सदस्य धनप्रसाद सापकोटाले पार्टीमा धेरैको बलिदानी रहेको उल्लेख गर्दै दुई ठुला पार्टीको एकिकरणपछि देशकै ठुलो पार्टी बनेको र यो नगरमा पनि कायम राख्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
नेकपाका गण्डकी प्रदेश सदस्य दिपक अधिकारीले केन्द्र, प्रदेश र स्थानिय तहमा आफ्नो पार्टीका सरकार हुदाँ नगरे कहिल्यै गर्न नसकिने बताउँदै हरेकले त्यो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेकपाका जिल्ला सचिव मित्रशरण शर्माले पार्टीमा जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा केही कठिनाई भएपनि अहिले नगर कमिटि बनेको र अब वडा स्तरमा कमिटि बनाउनुपर्ने बताउनुभयो ।
पुष्पलाल स्मृति प्रतिष्ठान चितवनका उपाध्यक्ष यमुनाप्रसाद न्यौपानेले यो गौरव र जिम्मेवारीको कुरा रहेको जनाउँदै कम्युनिष्ट बाटो आफ्ठ्यारो बाटो रहेको बताउनुभयो ।


कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य एवं गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, जिल्ला सदस्यहरु युवाराज रिमाल, सुर्य न्यौपाने, बाबुराम विश्वकर्मा, गोपी कंडेल, रामुकान्त अर्याल, कौशिला धिताल, ज्ञानहरी पौडेल, शिवहरी पौडेल, प्रकाश अधिकारी, षडानन्द सापकोटा, भोजराज सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा आईतबार ढाडेनीमा भएको आगलागी पिडित टोलनाथ आर्चायलाई राहत स्वरुप पार्टीका ३ नम्बर वडा अध्यक्ष अर्जुनकुमार थापा मार्फत १३ हजार २ सय १० रुपैँया सहयोग प्रदान गरिएको थियो । नगर कमिटि सदस्य सुवास चापागाईले स्वागत मन्तव्य व्यक्त गनुर्भएको कार्यक्रमको सहजिकरण नगर कमिटि सचिव श्यामसुन्दर लामिछानेले गर्नुभएको थियो ।

Share.

Leave A Reply