‘नेकपाको दम्भ तोड्न काँग्रेस एक ढिक्का हौँ’ ः डा शशांक कोइराला

0

बुलिङटार, ३ जेठ । नेकपाको दम्भ तोड्न नेपाली काँग्रेस एक ढिक्का हुनुपर्ने नेपाली काँग्रेसका महामन्त्री तथा नवलपरासी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाले बताउनुभएको छ । नपलपुरका पहाडी क्षेत्र बौदीकाली र बुलिङटारका विभिन्न क्षेत्रमा भएका विकास निर्माणका गतिविधिलाइ नजिकबाट नियाल्दै डा. कोइरालाले नवलपुरको विकासका लागि अघि बढ्न आग्रह गर्नुभयो । बौदीकाली, बुलिङटारमा भएका मगर संघका कार्यक्रम तथा बुलिङटारको दोस्रो गाउँसभामा बोल्दै कोइरालाले अहिलेको सरकारले मानविय एवं अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ । डा. कोइरालासंगै केन्द्रीय सदस्य दिपक गिरि, गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश साँसद एवं जिल्ला सभापति विष्णु लामिछाने, ओमकला गौतम एवं काँग्रेसका जिल्लास्तरका नेताहरूले जागरण अभियानमा सम्बोधन गरेका थिए । शुक्रबार बुलिङटार गाउँपालिकाको दोस्रो गाउँसभा भएको छ । गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा डा. कोइराला प्रमुख अतिथि हुनुहुन्थ्यो ।

Share.

Leave A Reply