निर्वाचीत जनप्रतीनिधिहरुलाई स्थानीय तह कार्यक्रम सञ्चालन बिधिसम्बन्धी प्रशिक्षण

0

गैँडाकोट ४ मंसिर ।


संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा गैँडाकोटका निर्वाचीत जनप्रतीनिधीहरुलाई आईतबार स्थानीय तह कार्यसञ्चालन बिधी सम्बन्धी प्रशिक्षण दिर्ईएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाको प्रमुख आतीथ्य तथा मुख्य प्रशिक्षणमा संघिय संरचना अनुसार अब स्थानीय तहले गर्ने काम कर्तव्य र अधिकारबारे जानकारी गराईएको हो ।

यस्तै वडा तहमा अध्यक्ष तथा सदस्यहरुले निर्वाह गर्ने भुमीका र स्थानीय सरकारमा वडाको संलग्नता बारे बताउदै सचिव थपलियाले अब केन्द्रमा कुनै अधिकार सिमित नरहने बताउनुभयो । वहाँले सम्पुर्ण अधिकार गाउँ तहमा आएको भन्दै योजना निमार्ण छनौट र कार्यान्वयनमा स्थानीयको प्रत्यक्ष सहभागीता रहने बताउनुभयो ।

जनप्रतीनिधीले जनताको मन जितेर काम गर्नुपर्ने भन्दै सचिव थपलीयाले स्थानीय सरकार भएको अनुभव सर्वसाधारणलाई गराउन आग्रह गर्नुभयो कार्यक्रमको समापन गर्दै नगरपालीकाको प्रमुख छत्रराज पौडेलले चुनाव अघिका एजेन्डालाई सफल बनाउन सबै जनप्रतीनिधी सक्रिय बन्ने बताउनुभयो ।

Share.

Leave A Reply