निर्वाचन सुरक्षा बारे आयोग छलफलमा

0

 

काठमाडौँ, ३१ जेष्ठ । निर्वाचनमा सुरक्षा तयारीका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालयका पदाधिकारीबीच छलफल गरेको छ । हिजो आयोगले गरेको छलफलका आधारमा आज सुरक्षा रणनीतिका विषयमा थप छलफल गर्ने आयोगले बताएको छ । निर्वाचनको बाँकी तयारी र सुरक्षा विषयमा छलफल गर्ने आयोगले जनाएको छ । असार १४ गते ४१ जिल्लामा हुने दोस्रो चरणको चुनावमा संवेदनशील स्थानलाई केन्द्रमा राखेर त्यसको सुरक्षा तयारीबारे छलफल हुनेछ । छलफलमा राजपाको आमहड्ताल, सिके राउतको समूह र भारतसँगको खुला सिमानाका कारण पहिलो चरणको तुलनामा अबको निर्वाचनमा सुरक्षा चुनौती बढी रहेकाले सुरक्षा सतर्कता बढाउन आयोगले हिजो गृहमन्त्री मन्त्रीसँग आग्रह गरेको थियो ।

Share.

Leave A Reply