निमार्णसामाग्री कहाँ राख्ने ?

0

विजय खबर

घर तथा विभिन्न भवन निमार्णका क्रममा सडकक्षेत्रमा राखिने निमार्ण सामाग्रीका कारण गैँडाकोटका ग्रामीण सडक कुरुप बन्दै गएका छन् । निमार्ण सामाग्रीका कारण सडक खाल्डा पर्ने, सडक क्षेत्र घट्ने र सडकको संरचना नै विग्रने समेत गरेको छ । घर तथा भवन निमार्ण गर्दा घरको अघिल्तीरको सडक क्षेत्रमा राखिएका सिमेन्ट ढुंगा गिट्टी रड जस्ता निमार्ण सामाग्रीले सडकमा जोखिम पनी बढाएको स्थानीयले बताएका छन् । गाउँघरमा निमार्ण कार्य हुदाँ बाटोमा राखिएको सामाग्रीले सडकमा बालबालीका तथा सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीय शारदा आर्चायले बताउनुभयो ।

गैँडाकोट नगरपालीकाले सडक क्षेत्रमा निमार्ण सामाग्री नराख्न आग्रह गर्दै आएको छ । तर भवन निमार्णकर्ताहरुले निमार्णको समयमा अन्यत्र राख्ने ठाउँ नहुने गुनासो गरेका छन् । उनीहरुले विकल्प भए आफुहरुलाई पनी बाटोमा राख्ने चाहना नभएको बताउछन् । यता गैँडाकोट नगरपालीकाले सडक क्षेत्रमा निमार्ण सामाग्री नराख्न उपभोक्ता र स्थानीयहरुले सचेत हुनुपर्ने बताएको छ । नगरपालीकाका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत लिलाधर शर्माले घर तथा भवन निमार्ण गर्दा सडकमा भन्दा वरिपरिको खाली जग्गा वा छिमेकीको सल्लाहअनुसार काम गर्न सकिने बताउनुभयो ।

उहाँले ग्रामीण सडक निमार्ण तथा उपभोक्ता समितीले स्थानीय सचेत बनाएर विकल्प निकाल्न सक्ने बताउनुभएको छ । भवन निमार्णको निश्चित अवधीसम्म कुन क्षेत्रमा निमार्ण सामाग्री राख्ने र कति समयमा काम सकाईसक्ने तथा सो क्षेत्रमा हुनसक्ने सम्भावीत दुर्घटनाबारे पहिले नै सोच विचार गर्न नगरपालीकाले निमार्णकर्ता र स्थानीयलाई आग्रह गरेको छ ।

 

Share.

Leave A Reply